महत्वपूर्ण सुचनाहरु :
Articles
रिमाल समाजकाे साधारण सभा भाद्र २०७५ साल भाद्र ३० गते
- Details
- Hits: 412
अाज मिति २०७५ साल असार १६ गते शनिवार विहान ११ बजे रिमाल समाजका अध्यक्ष श्री डा. डिल्लीराम रिमालकाे अध्यक्षतामा नविन कला मन्दिरकाे सभाहल कालिकास्थान डिल्लीबजारमा बैठक बसी निम्न वुदाहरूमाथी छलफल गरी निर्णय गरीयाे ।
छलफलका विषयहरूः
१. अागामी साधारण सभा
२. लेखा परिक्षक नियुक्ती
३. सम्मानित हुने विशिष्ठ रिमाल तथा जेष्ठ रिमाल छनाैट
४. वंशावली प्रकाशन
५. भवन निर्माण
६. विविध
निर्णयहरूः
बुदा नंं १ मा छलफल हुदा रिमाल समाजले हरेक वर्षकाे भाद्र महिनाकाे अन्तीम शनिवार गर्दै अाएकाे वार्षीक साधारण सभा याे वर्ष भाद्र ३० गते शनिवार परेकाे हुदा विहान ११ बजे नविनकला मन्दिरकाे सभाहलमा गर्ने निर्णय गरीयाे । साधारण सभामा रिमाल समाजकाे सबै शाखा कार्य समितिका पदाधीकारी लगायत सदस्यहरूलाइ उपस्थीतीकाे लागी पत्राचार गर्ने । जसकाे सूचना रिमाल समाजकाे वेव साइट फेसबुक गुगलप्लस लगायत सामाजीक संजालहरूमा प्रेशीत गर्ने निर्णय गरीयाे ।
बुदा नं. २ मा छलफलहुदा अार्थिक वर्ष २०७४/७५ काे अाय व्यय विवरण चुस्त दुरूस्त राख्नकाे लागी लेखा परिक्षक नियुक्त गर्नु पर्ने भएकाेले याे अार्थिक वर्षकाे लागी लेखा परिक्षक श्री झंक प्रसाद गाैतम लाइ नियुक्त गर्ने निर्णय गरीयाे ।
बुदा नंं ३ मा छलफल हुदा रिमाल समाजले हरेक वर्ष विशिष्ठ रिमाल तथा रिमाल समाजलाइ विशेष सहयाेग गरी रिमाल समाजकाे उन्नयनकाे लागी महत्वपुर्ण भूमिका खेल्नु हुने रिमालहरूलाइ सम्मानित गर्दै अाइ रहेकाेमा याे वर्ष राजनैतिक विश्लेषक निवन्धकार तथा साहित्यकार का साथै रिमाल समाजकाे स्थापना काल देखी रिमाल समाजकाे सल्लाहकार सदस्यकाे रूपमा रही रिमाल समाजलाइ अगाडी बढाउन विशेष याेगदान गर्नु हुने अरविन्द कुमार रिमाल - १, लमजुङ जिल्लावासी वुद्धि बहादुर रिमाल -१, पुर्ण बहादुर रिमाल - १, र धन बहादुर रिमाललाइ कुल मन्दिर निर्माणकाे लागी ० - ९ - ० अाना जग्गा प्रदान गर्नु भएकाेमा सम्मान गर्ने निर्णय गरीयाे ।
बुदा नं. ४ मा छलफल हुदा याे वर्षकाे एसइइ परिक्षाकाे नतिजा सार्वजनिक भइ सकेकाे हुदा देश भरकाे रिमालहरूकाे नतिजा माग गर्न राष्ट्रिय परिक्षावाेर्डमा पत्राचार गर्ने निर्णय गरियाे ।
बुदा नं. ५ मा छलफलहुदा पूर्व प्रकाशीत वंशावलीलाइ सुधार सहित पुन प्रकाशीत गर्नकाे लागी सबै जिल्ला शाखाहरूलाइ पत्राचार गर्ने निर्णय गरीयाे ।
बुदा नं. ६ विविध विषय अन्तर्गत भवन निर्माण विषयमा छलफल हुदा अावस्यक पहल गर्ने निर्णय गरीयाे
बुदा नं. ६ विविध विषय अन्तर्गत लमजुङ जिल्लाले अाफ्नाे वार्षीक कार्य विवरण पेश गरेका हुदा उक्त कार्य समितीलाइ धन्यवादका साथै कुल मन्दिर निर्माणकाे लागी जग्गा दान गर्नु हुने धन बहादुर रिमाललाइ अाजीवन सदस्यता प्रदान गर्ने निर्णय गरीयाे ।
बुदा नं. ६ विविध विषय अन्तर्गत रिमाल समाज चितवन शाखाकाे लागी माग भइ अाए बमाेजीम उक्त शाखालाइ स्वीकृती प्रदान गर्ने र सम्बन्धीत निकायमा पत्राचार गर्ने निर्णय गरीयाे ।



